असार १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइसी एशिया ग्रोथ फण्डले खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. १३ दशमलव ९५ रहेकोमा जेठ महीनामा रू. १२ दशमलव ६५ कायम भएको हो । एक महीनाको अवधिमा न्याभ रू. १ दशमलव ३ घटेको हो ।
त्यसैगरी फण्डको नाफा वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । फण्ड वैशाख मसान्तसम्ममा रू. ३० करोड ४ लाख नाफामा रहेकोमा जेठ महीनामा रू. १९ करोड २५ लाख पुगेको हो ।
जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड ४ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. २ करोड २० लाख पुगेको हो । त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २१ करोड ४६ लाख रहेकोमा सो आम्दानी वैशाख महीनासम्म ३२ करोड ८ लाख थियो ।
फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ७४ करोड ९० लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. ७३ करोड २८ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा १२ करोड ३५ लाख रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।