असार १३, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड- १ को नोक्सानी वैशाख मसान्तसम्मको तुलनामा जेठ महीनामा बढेको छ ।
वैशाख मसान्तसम्म रू. ६ करोड ८९ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठ मसान्तसम्म रू. १९ करोड ३८ लाखभन्दा बढी नोक्सानी व्यहोरेको हो । जेठ महीनामा योजनाको खर्च बढी भएकाले पनि नोक्सानी बढेको देखिन्छ । वैशाख मसान्तसम्म रू. २ करोड ११ लाख खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. २ करोड ४५ लाखभन्दा बढी खर्च गरेको छ ।
१० वर्षे अवधिको बन्दमूखी प्रकृतिको उक्त योजना २०७८ साल भदौ २३ गतेदेखि सञ्चालन हुँदै आएको छ । योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । जेठ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ८ दशमलव ४५ रहेको छ । वैशाख मसान्तसम्म यो मूल्य रू. ९ दशमलव ४३ रहेको थियो ।
धितोपत्र बजारमा लगानी गर्ने मुख्य उदेश्यसहित सञ्चालित उक्त योजनाले जेठ मसान्तसम्म धितोपत्र दलाल कमिसनसहित रू. १ अर्ब ५ करोडभन्दा बढी धितोपत्रमा लगानी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।