सिटीजन्स म्युचुअल फण्ड - २ को धितोपत्रमा लगानी घट्यो, न्याभ कति ?

Share News

असार १३, काठमाडौं । सिटीजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड - २ ले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रमा लगानी घटेको छ । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू.४१ करोड ४२ लाख लगानी गरेकोमा जेठ मसान्तसम्ममा रू. ३२ करोड ८६ लाखमा झरेको हो । त्यसैगरी फण्डको न्याभ पनि घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ८४ रहेकोमा जेठ मसान्तसम्ममा रू. ९ दशमलव ७८ कायम भएको छ ।

त्यस्तै, फण्डको नोक्सानी वैशाखको तुलनमा जेठ महीनामा बढेको छ । फण्डले वैशाख मसान्तसम्ममा रू.७ करोड ५५ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. १३ करोड ४८ लाख पुगेको छ ।

जेठ महीनामा फण्डको खर्चमा वृद्धि भई आम्दानी ऋणपत्र रहेकाले नोक्सानी बढेको हो । वैशाख मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ करोड ७ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. १ करोड १६ लाख पुगेको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।