असार १४, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य मंगलवार नेप्सेमा समायोजन भएको छ ।
नेप्सेले कम्पनीको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३७६ दशमलव २६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर बुधवार कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।