जेठ महीनामा ग्लोबल आइएमई समुन्नत योजना –१ को न्याभ ९.८०

Share News

असार १५, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना –१ जेठ महीनामा नोक्सानीमा गएको छ । योजनाले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार वैशाख महीनामा रू. २ करोड १० लाख नाफामा रहेको योजना जेठ महीनामा रू. १३ करोड ५५ लाख नोक्सानीमा गएको हो ।

त्यस्तै वैशाख मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) रू. ११ दशमलव ३७ रहेको जेठ महीनामा घटेर रू. ९ दशमलव ८० कायम भएको छ । एक महीनाको अवधिमा रू. १ दशमलव ५७ घटेको हो ।

फण्डको खर्चमा वृद्धिभएसँगै जम्मा नोक्सानी पनि बढेको छ । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड ७६ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. २ करोड ९२ लाख पुगेको हो । त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा नोक्सानी रू. १० करोड ६२ लाख रहेको  छ । वैशाख महीनामा रू. ४ करोड ८६ लाख जम्मा आम्दानी थियो । 

योजनाको सूचीकृत शेयरमा लगानी घटेको छ । वैशाख महीनामा रू. ९८ करोड ५८ लाख रहेको थियो भने जेठ महीनामा रू. ७९ करोड ४५ रहेको छ । बैंक मुुद्दती निक्षेपमा योजनाको लगानी छैन । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।