असार १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इ ले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी वैशाख महीनाको तुलनामा जेठ महीनामा बढेको छ । वैशाख मसान्तसम्ममा रू. २ करोड ५ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी जेठ मसान्तसम्ममा बढेर रू. ६ करोड ५९ लाख पुगेको हो ।
जेठ महीनामा फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
वैशाख महीनामा फण्डको कुल खर्च रू. ९६ लाख ६४ हजार रहेकोमा जेठ महीनामा बढेर रू. १ करोड ४ लाख पुगेको हो । त्यसैगरी फण्डको न्याभ पनि वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ ।
वैशाख महीनामा फण्डको न्याभ रू. ९ दशमलव ६३ रहेकोमा जेठ महीनामा रू. ८ दशमलव ८१ मा झरेको छ। त्यस्तै फण्डले जेठ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २८ करोड ४९ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. ३२ करोड १ लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।