मेगा म्युचुअल फण्ड - १ को सूचीकृत शेयरमा लगानी रू. ८२ करोड ३४ लाख, न्याभ कति ?

Share News

असार १५, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड - १ ले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ८२ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. ८३ करोड ५८ लाख थियो । त्यसैगरी फण्डको न्याभ पनि घटेको छ ।

वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू.९ दशमलव ४३ रहेकोमा जेठ मसान्तसम्ममा रू. ८ दशमलव ४ मा झरेको हो । त्यसैगरी फण्डको नोक्सानी पनि बढेको छ । वैशाख मसान्तसम्ममा रू. ६ करोड ८९ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी जेठ मसान्तसम्ममा बढेर रू. १९ करोड ३८ लाख पुगेको हो ।

जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । वैशाख महीनासम्ममा फण्डको जम्मा खर्च रू. २ करोड ११ लाख रहेकोमा जेठ महीनामा बढेर रू. २ करोड ४५ लाख पुगेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।