असार १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी जेठ मसान्तसम्म रू. ३४ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।
वैशाख मसान्तसम्म रू. १५ करोड ९८ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम जेठ महीनामा बढेको हो ।जेठ मसान्तसम्म योजनाले धितोपत्रमा रू. १ अर्ब ३० करोड ३७ लाखभन्दा बढी लगानी गरेको छ ।
उक्त लगानीको बजारमूल्य भने कम देखिएको छ । जेठ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य रू. १ अर्ब २१ करोडभन्दा बढी मात्र रहेको छ ।
यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको छ । सात वर्षे अवधिको बन्दुमुखी प्रकृतिको यस योजनाको समयावधि २०८३ भदौ १२ गतेसम्म कायम रहनेछ ।
योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म रू. १३ दशमलव २० रहेको छ । वैशाख मसान्तसम्म यो मूल्य रू. १४ दशमलव ६९ रहेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।