नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृती

Share News

असार १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । 

 नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १०० : ४३ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात् नेपाल बैंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले प्राप्ति पछि बन्ने नबिल बैंकको ४३ कित्ता शेयर पाउनेछन् ।

दुवै कम्पनीको गत जेठ ७ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।