असार १७, काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक बैंठकको निर्णय अनुसार सभा असार २६ गते बोलाएको हो ।
सभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल–१, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जानकारी दिएको छ ।
उक्त सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, संचालक समिति सदस्य थप सहित पुर्नः गठन गर्ने, स्वतन्त्र संचालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।