असार १७, काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओमा मागभन्दा ६.२१ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार शुक्रवार १:४५ सम्ममा ९ लाख ८९ हजार ६३८ जना आवेदकले १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले असार १५ गतेबाट रू. १९ करोड ६८ लाख २५ हजार बराबरको आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । कूल कित्तामध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाएकाे छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।