असार १९, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज मिति तोकेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गर्ने जानकारी दिएको हो । यस बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीले शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजी रू. २६ करोड ७९ लाख बराबरको रू.१०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।