२ ओटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा खुला

Share News

असार २०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकले आज सोमवार (असार २० गते) देखि १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका छन् । 

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५०  कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका हुन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रू. ७०० तोकेको छ भने एनआईसी एशिया बैंकले रू. ४२५ तोकेको छ ।  लगानीकर्ताले यही मूल्यलाई  आधार मानेर लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन रद्द हुनेछ ।  

यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर वीरगञ्ज, हेटौडा, नारायणढ, न्युरोड पोखरा, बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।