नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि 

Share News

असार २०, काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

नबिल बैंकले सोमवार सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो ।  नेपाल राष्ट्र बैंकले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्नको लागि असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो ।  

यी दुबै कम्पनीको गत जेठ ७ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा प्राप्ति गरेको हो । हाल नबिल बैंकको चुक्तापूँजी रू.१८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार छ भने नेपाल बङ्गलादेश बैंकको रू. १० अर्ब ८ करोड ५३ लाख ९९ हजार छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।