एनआईबिएल एस क्यापिटलद्वारा आजिवन डिम्याट र मेरो शेयर नविकरण योजनाको म्याद थप

Share News

असार २१, काठमाडौं । एनआईविएल एस क्यापिटल लिमिटेडले रू. २ हजारमा आजिवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको म्याद असार ३२ गतेसम्म थप गरेको छ ।

क्यापिटलले नयाँवर्ष २०७९ को अवसरमा विभिन्न आकर्षक योजनाहरु वैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि लागू गरेको थियो । सो योजना गत शुक्रवार समाप्त भएको भन्दै कम्पनीले ग्राहकहरुको सहभागीतालाई ध्यानमा राख्दै उक्त सेवालाई थप गरेको जानकारी दिएको छ ।

 यो सुविधा नयाँ तथा पूराना दुवै ग्राहकहरुमा लागू हुने पनि कम्पनीले बताएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।