असार २१, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा मंगलवार ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार नौ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लाको खाँडादेवी गाउँपालिका- १ स्थित लुभुघाटमा बिहान १० बजे यात्रुबाहक बा ३ ख ८३९६ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो । मृतकहरू मध्ये चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।
अन्य घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।