नेप्सेले रोक्का गर्‍यो दुई लघुवित्तको शेयर कारोबार, आँधिखोला लघुवित्तको कारोबार २१ दिन मै पुन : रोक्का

Share News

असार २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ ।

यी दुबै कम्पनी एकापसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार रोक्का भएको हो । यसअघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्त बीच मर्जर सम्झौता रद्द भएपछि नेप्सेले गत जेठ २७ गतेदेखि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा गरेको थियो ।

हाल आँधिखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने हालैमात्र आईपीओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांग्जामा रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ्ग जिल्लामा रहेको छ । बुधवार आँधिखोला लघुवित्त वित्तीय संस्थाको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३७० कायम भएको थियो भने सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य रू. १ हजार ६९८ दशमलव २० कायम थियो ।

धितोपत्रको दोस्रो बजारमा सिवाईसी नेपाल लघुवित्तको शेयर कारोबार १८  दिन भएको छ भने आँधिखोला लघुवित्तको शेयर कारोबार धौलागिरी लघुवित्तसँग मर्जर रद्द भएपछि २१ दिन कारोबारमा आएर पुन : रोक्का भएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।