नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको बैंकिङ कारोबार ४ दिन बन्द, कार्डबाट हुने कारोबार भने नरोकिने

Share News

असार २३, काठमाडौं ।  नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार चार दिन बन्द हुने भएको छ ।

दुवै कम्पनीले एकीकृत कारोबार प्रयोजनका लागि सिस्टम र डाटा माइग्रेसन गर्नुपर्ने भएका कारण चार दिनसम्म सबै सेवा बन्द रहने जानकारी दिएका छन्  । नबिल बैंकले शुक्रवार अर्थात् असार २४ गते कार्यालय समयपछि र असार २७ गते विहान कार्यालय समयभन्दा अघिसम्म सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ सेवा बन्द रहने बताएको छ ।

उक्त समयमा नबिलका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहनेछन् । त्यसैगरी यस्तै, बंगलादेश बैंकले बिहीवार अर्थात् असार २३ गते कार्यालय समय पश्चात र असार २७ गते सोमवार बिहान कार्यालय समय अघिसम्म सम्पूर्ण बैकिङ सेवा तथा कारोबार बन्द रहने जानकारी  दिएको छ । यो समयमा नेपाल बंगलादेश बैंकका क्रेडीट कार्ड भने सञ्चालनमा रहने छन् ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार शुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । ती दुई ओटा कम्पनीको गत जेठ ७ गते सम्पन्न विशेष साधारण सभाले  प्राप्ति प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले त दुई कम्पनीको एकीकृत कारोबारको लागि गत असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

नबिलले बंगलादेश बैंकलाई १०० : ४३ शेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो । अर्थात, नेपाल बैंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि बन्ने नबिल बैंकको ४३ कित्ता शेयर पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।