बैंक अफ काठमाण्डूका ३ सञ्चालकको पदावधि थप

Share News

असार २४, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तीन जना सञ्चालकको पदावधि थप गरेको छ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने प्रकाश श्रेष्ठ, राधेश पन्त र विजयकुमार श्रेष्ठको पदावधि थप भएको हो ।

यी तीन जना सञ्चालकको कार्यकाल यही असार २७ गते पूरा हुने भएकाले कम्पनीको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले पुन: निर्वाचन नभएसम्मको अवधि वा वार्षिक साधारणसभा नभएसम्मका लागि निरन्तरता दिने निर्णय गरेको नेप्सेमार्फत जानकारी गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।