ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड – १ को १२ करोड इकाईमा आवेदन दिने समय थप 

Share News

असार २६, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को असार २२ गतेदेखि विक्री खुला भएको १२ करोड इकाईमा आवेदन दिने समय थप भएको  छ । फण्डको इकाईमा आज (असार २४ गते) सम्म आवेदन दिन सकिने भनियता पनि माग बमोजिम आवेदन नपरेको हुनाले साउन ४ गतेसम्म थप गरिएको हो ।

फण्डले प्रतिइकाई रू. १० अंकित मूल्यका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री खुला गरेको हो ।  निष्कासन गरिने उक्त इकाईमध्ये ६ करोड इकाई न्युनतम विक्री हुनुपर्नेछ ।

कुल विक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १ दशमलव ५० प्रतिशत अर्थात् १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गरिने छ  ।

आवेदकले १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।