असार २६, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार २८ गतेदेखि साउन ९ गते बन्द गर्ने भएकाले सोमवार अर्थात् असार २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।