असार २८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मंगलवार एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ८ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन पछि शेयरमूल्य रू. ३२० दशलमव ७४ तोकेको छ । कम्पनीले सोमवार कायम अन्तिम शेयर मूल्य रू. ३४८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।