असार २८, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ ।
गत असार २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि कम्पनीका अध्यक्ष कल्याण विक्रम न्यौपानेले दिएको राजीनामा स्वीकृत गरी आगामी साधारण सभा सम्मका लागि अध्यक्षमा दहाललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।