नेपाल हाइड्रो डेभलोपरको विशेष साधारणसभा आज, के के छन् प्रस्ताव ?

Share News

असार २९, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष सधारणसभा आज (असार २९ गते) हुँदै छ ।

उक्त सभा कम्पनीको  रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा ११ बजे शुरु हुने छ । विशेष साधारणसभाले नियमावलीको नियम २३ संशोधन गर्ने र कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै पनि फेरबदल संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

यसभन्दा अगाडि कम्पनीको विशेष साधारणसभा असार १३ गते हुने भनिएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको थियो । कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि असार २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।