असार २९, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । डिल्लीबजारस्थित सभा अमृतभोग क्याटरिङमा बुधवार सम्पन्न भएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीसँग गाभ्न/गाभिन वा प्राप्ति गर्नका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्न लेखापरिक्षक एस.ए.आर. एसोसिएट्सलाई पुन: नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
यस्तै, सभाले कम्पनीकाे स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदनसमेत गरेकाे छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।