लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

Share News

असार ३०, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले आज (असार ३० गते) एक सूचना जारी गर्दै  बैंकका संस्थापक शेयरधनी रबिन पुडासैनीको नाममा  रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा  निवेदन पेश गर्नुपर्नेछ । 

उक्त समयमा कुनै पनि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम शेयर विक्री प्रकिया अगाडी बढाइने कम्पनीले जानकारी गराएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।