असार ३१, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तीको निर्णय तेस्रो दिनमै रद्द गरेको छ ।
कम्पनीको असार २८ गतेको सञ्चालक समितिको बैठकले विजय बहादुर श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, असार ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय रद्द गरी वर्तमान सीईओ नरेश सिंह बोहरालाईनै पून: नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार बोहरालाई आगामी चार वर्षे कार्यकालका लागि साउन २ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो ।
कम्पनीले दुवै निर्णय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गरेको छ । कम्पनीको निर्णय परिवर्तनको यो प्रबृत्तिलाई सञ्चालकभित्र विवाद रहेको पुष्टि गर्ने जानकारहरू बताउँछन् ।
कम्पनीको असार २९ गतेकै सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका दशरथ रिसालको सट्टामा लोमस मानन्धरलाई नियुक्त गर्ने निर्णय समेत गरेको थियो ।
सोही बैठकले प्रविण कुमार श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।