साउन १, काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन् ।
बैंकिङ क्षेत्रमा करीब तीन दशक लामो अनुभव हासिल गरेका दाहालसँग विगत पाँच वर्षदेखि एन.एम.बि. बैंकको उच्च तहमा काम गरेकाे अनुभव छ ।
पछिल्लो दुई वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी बहन गर्दै आएका दाहाल एनआईसी एशिया र नबिल बैंकसँग आबद्ध भएर पनि काम गरेको अनुभव छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।