नयाँ सारथी लघुवित्तको बोनस शेयर सूचीकृत

Share News

साउन २, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वैशाख १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।