एभरेष्ट बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पायो

Share News

साउन ३, काठमाडौं । एभरेष्ट बैकले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले २० लाख कित्ता एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक र एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९ नामक ऋणपत्रको २० लाख कित्ता गरेर कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन २ गत सेबोनबाट अनुमति पाएको हो ।

एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव ५ प्रतिशत रहेको छ भने कम्पनीले आगामी ६ वर्ष सम्मका लागि उक्त ऋणपत्र निष्कासन गर्न सेबोनको अनुमति पाएको हो ।

२० लाख ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ । त्यसैगरी एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ नामक ऋणपत्रको वार्षिक ५ दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।

कुल २० लाख ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ । दुबै ऋणपत्रको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।