साउन ४, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को असार २२ गतेदेखि विक्री खुला भएको १२ करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
फण्डले प्रतिइकाई रू. १० अंकित मूल्यका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री खुला गरेको हो । निष्कासन गरिएको उक्त इकाईमध्ये ६ करोड इकाई न्युनतम विक्री हुनुपर्नेछ ।
कुल विक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १ दशमलव ५० प्रतिशत अर्थात् १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गरिएको हो ।
आवेदकले १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।