आइएमई जनरल र हाइड्रोइलेक्ट्रिसिटीको बोनस शेयर सूचीकृत

Share News

साउन ४, काठमाडौं । दुई ओटा कम्पनीको बोनस शेयर बुधवार नेप्सेमा सूचीकृत भएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको ८ लाख १० हजार ३१० दशमलव २० कित्ता बोनस शेयर र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले वैशाख ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, हाइड्रोइलेक्ट्रिसिटीले गत पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।