आईएमई लाइफ इन्स्योरेन्सले पायो त्रिपल बि रेटिङ

Share News

साउन ५, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले केयरएनपी त्रिपल बि रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।
आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको लागि आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत उक्त रेटिङले थप पुष्टि गरेको कम्पनीले बताएको छ   । कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजानेमा प्रतिबद्धता जनाएको छ ।

हाल कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।  कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ताहरू आवद्ध छन् ।  कम्पनीमा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप लगायतका व्यवसायिक समूहहरूको लगानी रहेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।