साउन ६, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १३२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ५ करोड ५२ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. १२ करोड ८४ लाख पुगेको हो ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा घटेसँगै नाफा बढ्न टेवा पु्गेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ६ दशलमव २० प्रतिशत रहेकोमा गत आवमा ३ दशमलव ११ प्रतिशतमा झरेको हो । त्यसैगरी कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा कम रकम छुट्याएकाले र रू. ११ करोड ४८ लाख खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. १९ करोड ७० लाख छुट्याएकोमा गत आवमा रू. ७ करोड ५८ लाखमा झारेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ३१ करोड २८ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २२ करोड ७३ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ०७ , मूल्य आम्दानी अनुपात २९ दशमलव १९ गुणा ,तरलता अनुपात १२ दशमलव १९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७२ दशशमलव ६८ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।