साउन ६, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमास अर्थात एक वर्ष अवधिमा रू. ७ करोड ३६ लाख नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १३ दशमलव ३९ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ६ करोड ४९ लाख खुद नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा १८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. २८ करोड ८१ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १३ करोड ८ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५६, मूल्य आम्दानी अनुपात ३० दशमलव २९ गुणा प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ८९ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।