सिटिजन्स बैंकको नाफा २ अर्ब २५ करोडभन्दा बढी, प्रतिशेयर आम्दानी कति ? 

Share News

साउन ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शनिवार प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ । 

 गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा पनि बढेको हो । त्यसैगरी बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत बढेको छ भने फि तथा कमिशन आम्दानी साढे १५ प्रतिशतभन्दा बढी प्रतिशत बढेको छ । बैंकले खुद ब्याज आम्दानी बापत ५ अर्ब १२ करोड आर्जन गरेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।

हाल बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रूपैयाँ कायम भएको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।