एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारण सभा सोमवार

Share News

साउन ८, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सोमवार गर्ने भएको छ । झापा, विर्तामोडस्थित सिद्धार्थ होटलमा भाेलि बिहान ११ बजे साधारणसभा गर्ने कम्पनीले जानकारी दिएको हो । कम्पनीका अनुसार साधारणसभाले ८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभाले संस्थापक शेयरधनीतर्फको रिक्त संचालक पदमा बाँकी अवधिका लागि गरेको नियुक्तिलाई समेत अनुमोदन गर्ने कम्पनीले जनाएकाे छ । यस्तै, कुनै बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय साधारणसभाले पारित गर्नेछ ।

यसैगरी, साधारणसभामा आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २८ गतेदेखि बुक क्लोज गरेको छ, जुन साउन ९ गतेसम्म रहनेछ । यस आधारमा असार २७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।