साउन १०, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले गत साउन ९ गते र खप्तड लघुवित्त वित्तीय संस्थाले साउन १० गते आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । अनुमति पाएसँगै इष्टर्न हाइड्रोपावर कम्पनीले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
यस कम्पनीले पहिलो चरणमा स्थानीयको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीको केन्द्रीय कार्यालय कैलाली गोदावरी १ मा रहेको छ । त्यसैगरी इष्टर्न हाइड्रोपावरले भोजपुर जिल्लाको पिखुवाखोला क्षेत्रमा ५ हजार किलोवाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।