साउन ११, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष १४ दशमलव ८३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकको खुद नाफा रू. ३ अर्ब ५५ करोडभन्दा बढी मात्र थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा भने ३१ दशमलव ४१ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ५ अर्ब ११ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. ६ अर्ब ७२ करोडभन्दा बढी यो नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ ।
१२ दशमलव ६१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १८ अर्ब ३० करोड ७५ लाख कायम गरेको बैंकको रिटेन्ड अर्निङ रू. १ अर्ब २८ करोड ८३ लाखभन्दा बढी रहेको छ । अघिल्लो वर्षको तुलनामा भने रिटेन्ड अर्निङ २९ दशमलव ८५ प्रतिशत कम भएको हो । जगेडा कोष रकम भने करिब ४ प्रतिशत बढेर रू. १४ अर्ब ६७ करोड ८० लाख कायम भएको छ ।
गत वर्ष बैंकले रू. १ खर्ब ८४ अर्ब ७९ करोड १० लाख निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा निक्षेप संकलन ५ दशमलव ८६ प्रतिशत र कर्जा प्रवाह शून्य दशमलव ४२ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष २ दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ४७ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३२ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव २१ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।