एनआईसी एशिया लघुवित्तले एक वर्षमा कमायो साढे ५८ करोडभन्दा बढी नाफा 

Share News

साउन ११, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ५८ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले २४ दशमलव ४९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले रू. ४७ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा करिब ४ प्रतिशत मात्र बढी भएको छ । 

अघिल्लो वर्ष रू. ८९ करोड ६३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ९२ करोड ९५ लाखभन्दा बढी यो नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६८ दशमलव ५६ प्रतिशत बढेर रू. १ अर्ब ४० करोड ८९ लाखभन्दा बढी कायम भएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. १६ अर्ब ३१ करोड ७ लाखभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले रू. २१ अर्ब ८४ करोड ७३ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले रू. ३ अर्ब ३५ करोड २६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ ।

अघिल्लो वर्ष शून्य दशमलव ९३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ४३ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ६७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८१ रहेको छ ।

वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।