मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन बिहीवार , माग भन्दा साढे ८ गुणा बढी आवेदन परिसक्यो 

Share News

साउन ११, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा साढे ८ गुणा बढी आवेदन परेको छ ।

सिडिएस क्लियरिङ्गका अनुसार मंगलवार बेलुका ५ बजेसम्ममा ८ लाख १० हजार ९५३ जना आवेदकले ९३ लाख २४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो आईपीओमा बिहीवार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले साउन ९ गते देखि ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणको लागि निष्कासन गरेको हो । 
 
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आईपीओमा आवेदन दिन सकिन्छ ।  
 
विक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।