साउन ११, काठमाडौं । भारतमा मंगलबारबाट फाइभजी फ्रिक्वेन्सी लिलामी शुरु भएको छ । दूरसञ्चार कम्पनीहरुले १४ खर्ब ३० अर्ब भारतीय रुपयाँ सम्मको बोली लगाएका छन् ।
भारत सरकारले ७२ गिगाहर्ज स्पेक्ट्रमको लिलामी गरिरहेको छ । यो प्रक्रिया बुधवार सकिने बताइएको छ ।
पहिलो दिन चार चरणमा लिलामी प्रक्रिया पुरा भएको छ । १५ अगष्ट २०२२ सम्म स्पेक्ट्रम वितरण प्रक्रिया पुरा हुनेछ र सेप्टेम्बर-अक्टुबर, २०२२ सम्म भारतको केही हिस्सामा फाइभजी सेवा शुरु हुने केन्द्रीय दूरसञ्चार मन्त्री अश्वनी वैष्णवले बताएका छन् ।
लिलामी प्रक्रियामा चार कम्पनी रिलायन्स जियो, भारती एयरटेल भोडाफोन र अडानी समूह सहभागी छन् । यी चार कम्पनीले पहिले नै डीओटीमा २१ हजार ८०० करोड भारतीय रुपयाँ जम्मा गरिसकेका छन्।
लिलामी प्रक्रिया पुरा भएसँगै सहभागी कम्पनीहरु माझ स्पेक्ट्रम बाँडफाँड गरिनेछ । त्यस पछि कम्पनीहरुले आफ्नो नेटवर्क विस्तार गरेर फाइभजी सेवा शुरु गर्नेछन्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।