साउन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी असार मसान्तसम्म रू. ३३ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।
जेठ मसान्तसम्म रू. ३४ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम असार महीनामा घटेको हो । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको छ ।
योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्म रू. १३ दशमलव २८ रहेको छ । जेठ मसान्तसम्म यो मूल्य रू. १३ दशमलव २० रहेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।