कुमारी धनवृद्धि योजनाको न्याभ करीब रू.१०

Share News

साउन १२, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले सम्पत्ति मूल्य विवरण (न्याभ) बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ९ दशमलव ९८ रहेको छ ।  

योजना असार मसान्तसम्म रू. २२ लाख १ हजार घाटामा रहेको छ । 

त्यस्तै, उक्त योजनाको असार मसान्तसम्मको खर्च ९२ लाख ८७ हजार रहेको छ भने जम्मा आम्दानी रू. ७० लाख ८५ हजार रहेको छ ।
योजनाको सूचीकृत शेयरमा रू. ५ करोड ६६ लाख लगानी गरेको छ । 

फण्डको मुद्दती निक्षेपमा रू. १८ करोड रहेको छ ।  उक्त योजना असार ३ गतेदेखि सञ्चालनमा आएको हो । यो योजनाको अवधि १० वर्ष रहेको छ । 

वित्तीय विवरण हेर्न हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।