नागरिक लगानी कोषद्वारा साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय

Share News

साउन १२, काठमाडौं । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कोषले साउन २५ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने नेप्से मार्फत जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कोषले २७औं वार्षिक साधारण सभा भदौ ६ गते गर्ने जानकारी  गराएको छ ।  

सभाले आव २०७७/ ७८सम्मको सञ्चित मुनाफाबाट प्रस्तावित ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित  गर्नेछ । 

सुचना हेर्न यँहा क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।