साउन १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले असार मसान्तसम्म सूचीकृत शेयरमा रू. ४९ करोड ५० लाख लगानी गरेको छ । फण्डले शुक्रवार सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार जेठको तुलनामा असारमा सूचीकृत शेयरमा लगानी बढेको हो । जेठ मसान्तसम्म रू. ४८ करोड ६६ लाख लगानी गरेको थियो ।
त्यस्तै जेठ मसान्तको तुलनामा असारमा फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढेको छ । जेठमा रू. १० दशमलव ३० थियो भने असार महीनामा १० दशमलव ४२ रहेको छ ।
त्यस्तै फण्डको नोक्सानी जेठ महीनाको तुलनामा घटेको छ । जेठ महीनामा २१ करोड ९२ लाख नोक्सानीमा रहेको फण्ड असारमा घटेर २० करोड ९८ लाखमा झरेको हो ।
फण्ड जेठ मसान्तसम्म २० करोड २८ लाख जम्मा नोक्सानमी रहेको असारमा सो नोक्सानी घटेर १९ करोड २० लाखमा झरेको छ । त्यस्तै फण्डको जम्मा खर्च १ करोड ७८ लाख रहेको छ । जेठ महीनामा फण्डको खर्च १ करोड ६४ लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।