असार मसान्तसम्ममा एनआईबिएल सहभागिता फण्डको एनएभी बढ्यो

Share News

साउन १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ । जेठ मसान्तसम्ममा फण्डको एनएभी रू. १० दशमलव ६८ रहेकोमा असार मसान्तमा बढेर रू. १० दशमलव ७२ पुगेको हो । त्यसैगरी फण्डले जेठ मसान्तसम्ममा रू. ८ करोड ४४ लाख नोक्सानीमा रहेकोमा असार मसान्तसम्ममा घटेर रू. ८ करोड १७ लाखमा झरेको हो । फण्डको सूचीकृत शेयरमा लगानी पनि बढेको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. २५ करोड ७६ लाख लगानी गरेकोमा असार मसान्तमा बढेर रू. २५ करोड ८६ लाख पुगेको हो । फण्डले असार मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर  ,डिबेञ्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको परल मूल्य रू. ५८ करोड ४९ लाख रहेकोमा यसको बजार मूल्य रू. ४८ करोड ५९ लाख रहेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।