साउन १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डकाे नाफा घटेकाे छ ।
शुक्रवार सार्वजनिक गरिएकाे फण्डकाे गत असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण अनुसार पछिल्लाे महीनामा फण्डको नाफा घटेकाे हाे । फण्डले जेठ मसान्तसम्ममा रू. १३ करोड ५७ लाख नाफा कमाएकोमा असार मसान्तसम्ममा रू. १ करोड ३९ लाखमा झरेको हो ।
असारमा फण्डको आम्दानी घटेकाले नाफा घटेको बताइएकाे छ । जेठ मसान्तसम्ममा फण्डको आम्दानी रू. १५ करोड ८५ लाख रहेकोमा असार मसान्तसम्ममा घटेर रू. ४ करोड ९ लाखमा झरेको छ ।
नाफा घटेसँगै फण्डको न्याभ पनि घटेको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. ११ दशमलव ५० रहेकोमा असार मसान्तमा रू. १० दशमलव ५२ कायम भएको हो ।
सूचीकृत धितोपत्रमा फण्डकाे लगानी पनि घटेकाे छ । फण्डले असार मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७८ करोड १ लाख लगानी गरेको छ । यो लगानी जेठ मसान्तसम्ममा रू. ९४ करोड ४० लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।