लक्ष्मी उन्नति कोषको नाफा १७ प्रतिशत बढ्यो

Share News

साउन १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा गत जेठको तुलनामा असारमा १७ प्रतिशत बढेकाे हाे ।  फण्डले गत जेठ मसान्तसम्ममा रू. २ करोड ७० लाख नाफा कमाएकोमा असार मसान्तसम्ममा बढेर रू. ३ करोड १८ लाख पुगेको हो ।

असारमा फण्डको आम्दानी बढेसँगै नाफा बढेकाे हो । जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ४ करोड १ लाख रहेकोमा असार मसान्तसम्ममा बढेर रू. ४ करोड ६० लाख पुगेको छ  । नाफा बढेसँगै फण्डको न्याभ पनि बढेको छ ।

जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ४९ रहेकोमा असार मसान्तसम्ममा रू. १० दशमलव ५६ कायम भएको हो । 

त्यसैगरी फण्डले असारमसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३० कारेड ३८ लाख लगानी गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।