सिटिजन्स म्युचुअलका दुवै फण्डको न्याभ बढ्यो

Share News

साउन १३, काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुवै फण्डको न्याभ जेठको तुलनामा असारमा बढेको छ । 

सिटिजन्स म्युचुअल फण्ड १ को न्याभ जेठ मसान्तमा रू. ९ दशमलव ९६ रहेकोमा असार मसान्तमा बढेर रू. ९ दशमलव १४ पुगेको हो । त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ जेठमा रू. ९ दशमलव ७८ रहेकोमा असारमा बढेर रू. ९ दशमलव ९३ पुगेको हो । यस फण्डले असार मसान्तसम्ममा रू. १२ करोड ६५ लाख नोक्सानीमा रहेको छ । फण्डले जेठ मसान्तसम्ममा पनि रू. १३ करोड ४८ लाख नोक्सानीमा थियो । 

त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १ पनि नोक्सानीमा रहेको छ । फण्डले जेठ मसान्तसम्ममा रू. १९ करोड २७ लाख नोक्सानीमा रहेकोमा असार मसान्तसम्ममा पनि रू. १७ करोड ७७ लाख नोक्सानीमा रहेको छ । यी दुवै फण्डको खर्चमा वृद्धि भएसँगै जम्मा आम्दानी ऋणात्मक भएकाले नोक्सानीमा छन् ।

सिटिजन्स म्युचुअल फण्ड १ ले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४६ करोड ९९ लाख लगानी गरेको छ भने सिटिजन्स म्युचुअल फण्ड २ को सूचीकृत शेयरमा रू. ३३ करोड ३७ लाख रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।